0 प्रतिक्रिया
वित्तीय सुशासनमा फिदिम नगरपालिका पहिलो
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्न ३ बुँदामा क्रमाएको छ:
१. **फिदिम नगरपालिका वित्तीय सुशासनमा पहिलो**: पाँचथर जिल्लाको फिदिम नगरपालिका आर्थिक वर्ष २०८०-८१ को वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पहिलो स्थानमा परेको छ।
२. **मूल्याङ्कन प्रक्रिया**: जिल्ला समन्वय समिति पाँचथरले गरेको मूल्याङ्कनमा फिदिम नगरपालिका उत्कृष्ट भएको हो, जसको लागि नगरप्रमुख मित्र प्रसाद काफ्लेलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
३. **नगरपालिकाको सफलता**: फिदिम नगरपालिकाले १०० पूर्णाङ्कमध्ये ९० प्रतिशत अंक सहित पहिलो स्थान प्राप्त गरेको छ, जुन नगरपालिकाको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै नगरप्रमुख काफ्लेले जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीलाई आभार व्यक्त गरेका थिए।
रमेश थापा
पाँचथर । पाँचथरको फिदिम नगरपालिका वित्तीय सुशासनमा फिदिम नगरपालिका पहिलो बनेको छ। आर्थिक वर्ष २०८०-८१ को वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लाका आठ स्थानीय तह मध्ये फिदिम नगरपालिका पहिलो बनेको हो। जिल्ला समन्वय समिति पाँचथरले गरेको मूल्याङ्कनमा उत्कृष्ट भएको फिदिम नगरपालिकालाई एक कार्यक्रमबीच सम्मानित गरिएको थियो। सम्मान कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो (मौसम) र जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले नगरप्रमुख मित्र प्रसाद काफ्लेलाई प्रमाणपत्र प्रदान गरेका थिए।
नगरपालिकाले वित्तीय अनुशासन, जवाफदेहिता, योजनाको प्रभावकारी कार्यान्वयन र बजेटको पारदर्शी रुपमा उपयोग गरेको जस्ता लगायत सूचकहरूको आधारमा पाँचथरका सात स्थानीय तहलाई पछि पार्दै फिदिम पहिलो बनेको हो । फिदिम नगरपालिकाले १०० पूर्णाङ्कमध्ये ९० प्रतिशत अंक सहित पहिलो बनेको हो । सो अवसरमा फिदिम नगरपालिका प्रमुख काफ्लेले यो सफलता नगरपालिकाको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै निष्ठाका साथ काममा जुटेका जनप्रतिनिधि, कर्मचारी तथा निगरानी र सल्लाह दिने नगरवासीप्रति आभार व्यक्त गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









